विश्वभरमा २४ घण्टामै थपिए ३२ लाखभन्दा बढी संक्रमित
काठमाडौं, माघ १४ : विश्वमा पछिल्लो २४ घण्टामा ३२ लाख ८५ हजारभन्दा बढी कोेरोना संक्रमित थपिएका छन्।थपिएकामध्ये सबैभन्दा बढी अमेरिकामा ३ लाख ९०...
काठमाडौं, माघ १४ : विश्वमा पछिल्लो २४ घण्टामा ३२ लाख ८५ हजारभन्दा बढी कोेरोना संक्रमित थपिएका छन्।
थपिएकामध्ये सबैभन्दा बढी अमेरिकामा ३ लाख ९० हजार रहेका छन् भने भारतमा २ लाख ४८ हजार संक्रमित थपिए । यस्तै ब्राजिलमा २ लाख १० हजार, इटलीमा १ लाख ५५ हजार, जर्मनीमा १ लाख ८९ हजार, स्पेनमा १ लाख ३० हजारमा संक्रमण पुष्टि भएको छ।
योसँगै विश्वभर कोरोना संक्रमितको कुल संख्या ३६ करोड ६३ लाख ६६ हजार पुगेको छ। यसैबीच पछिल्लो २४ घण्टमा विश्वभर कोरोनाबाट ९ हजार ४०० भन्दा बढीको मृत्यु भएको छ।
अमेरिकामा २ हजार २५१, भारतमा ६२७, ब्राजिलमा ५७८, फ्रान्समा २६८, बेलायतमा ३३८जनाको मृत्यु भएको छ। यस्तै, रुसमा ६६५, इटली ३८९ भन्दा बढीको मृत्यु भएको छ।
यससँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ लाख ५५ हजार नाघेको छ। हालविश्वभर कोरोनाको संक्रिय संक्रमितको संख्या ७ करोड ११ लाख ३० हजारभन्दा बढी रहेको छ।











