Kathmandu Press

अफगानिस्तानमा दुई करोड ३० लाख मानिस अति भोकमरीको चपेटामा : एनआरसी

काबुल, माघ १३ : अफगानिस्तानमा दुई करोड ३० लाखभन्दा बढी मानिस अति भोकमरीको जोखिममा रहेको एक अध्ययनले देखाएको छ।नर्वेेली शरणार्थी काउन्सिल (एनआरसी)ले बिहीबार...
अफगानिस्तानमा दुई करोड ३० लाख मानिस अति भोकमरीको चपेटामा : एनआरसी

काबुल, माघ १३ : अफगानिस्तानमा दुई करोड ३० लाखभन्दा बढी मानिस अति भोकमरीको जोखिममा रहेको एक अध्ययनले देखाएको छ।

नर्वेेली शरणार्थी काउन्सिल (एनआरसी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा ठूलो सङ्ख्यामा अफगानिहरु भोकमरीको जोखिममा रहेको देखाइएको हो।

Hardik ivf

अफगानिस्तानमा परिवर्तित राजनीतिक अवस्थाका कारण आर्थिक संकट उत्पन्न भएकाले भोकमरीबाट ठुलो मानवीय क्षति हुन नदिनेतर्फ विश्व समुदायले सोच्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।
एनआरसीले भोकमरीको खतरामा रहेका अफगानी नागरिकका लागि खुलेर सहयोग गर्न पनि सवैलाई अनुरोध गरेको छ।

तत्कालिन विद्रोही तालिवान समूहले राजधानी काबुलमा आक्रमण गरेकाले तत्कालिन राष्ट्रपतिले देश छाडेर भागेपछि तालिवान सरकार बनेको हो।

अमेरिकाको समर्थन रहेको सरकारलाई हटाएपछि अमेरिकासहितका धेरै देशले तालिवान सरकारलाई सहयोग नगरेका हुन।

वैदेशिक सहयोग अधिकांश कटौती भएपछि अफगानिस्तानमा अहिले आर्थिक संकट उत्पन्न भएको छ।

अनुदारवादी चरित्र देखाउने र अलोकतान्त्रिक शासन चलाउने आशंका गर्दै तालिवान सरकारलाई अमेरिकासहित धेरै देशले सहयोग गर्न हिचकिचाएका हुन। तर तालिवान सरकारका अधिकारीहरुले भने आफुहरु अनुदार र अलोकतान्त्रीक नहुने दावी गर्दै आएका छन्।

प्रकाशित मिति: २०:४९ बजे, बिहीबार, माघ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्