Kathmandu Press

मुख्यमन्त्री पाण्डेसँग ख्वप अस्पताल १०० शय्या क्षमताको विस्तार गर्न स्वीकृत दिन माग

मुख्यमन्त्री पाण्डेसँग ख्वप अस्पताल १०० शय्या क्षमताको विस्तार गर्न स्वीकृत दिन माग

भक्तपुर, माघ १३ : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्तरोन्नतिसँगै १०० शय्या क्षमताको अस्पताल सञ्चालन गर्न स्वीकृति माग गरिएको छ।

नेपाल मजदुर किसान पार्टीबाट बागमती प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई, सिर्जना सैंजु, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति तथा उपप्रमुख रजनी जोशीले मुख्यमन्त्री पाण्डेसँग भेट गरी अस्पतालको शय्या विस्तार गर्न स्वीकृत माग गरेका हुन। स्थानीय तहबाट सञ्चालित देशकै नमूना ख्वप अस्पताल १०० शय्या क्षमतामा विस्तार गर्न आज मुख्यमन्त्रीसँग अनुमति मागेको नगर प्रमुख प्रजापतिले जानकारी दिए।

भेटमा मुख्यमन्त्री पाण्डेले ख्वप अस्पताललाई १०० शय्याको स्वीकृति प्रदान र आवश्यक सहयोग गर्न आफू सकारात्मक रहेको र आवश्यक प्रक्रिया अगाडि बढाउन स्वास्थ्यमन्त्रीलगायत सम्बन्धितलाई निर्देशन दिने आश्वासन दिएकाे उनले जानकारी दिए। बागमती प्रदेशअन्तर्गत उच्च शिक्षा समितिको विधेयक हाल विचाराधीन अवस्थामा रहेको र सो विधेयकमा सक्षम स्थानीय तहले विश्वविद्यालय सञ्चालन गर्न सकिने व्यवस्थासमेत रहेको मुख्य मन्त्रीले पाण्डेले जानकारी गराएको प्रजापतिले बताए।

प्रकाशित मिति: २०:३८ बजे, बिहीबार, माघ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्