Kathmandu Press

एघार हजार भोल्टको विद्युत् सट हुँदा घर र गोठमा क्षति

चितवन, माघ १३ : पूर्वी चितवनको रत्ननगरमा ११ हजार भोल्टको विद्युत् तार सट हुँदा घर र गोठमा क्षति पुगेको छ। रत्ननगर नगरपालिका–१६ शिवालय...
एघार हजार भोल्टको विद्युत् सट हुँदा घर र गोठमा क्षति
Hardik ivf

चितवन, माघ १३ : पूर्वी चितवनको रत्ननगरमा ११ हजार भोल्टको विद्युत् तार सट हुँदा घर र गोठमा क्षति पुगेको छ। रत्ननगर नगरपालिका–१६ शिवालय टोलका डिल्ली भुजेलको घर र गोठमा क्षति पुगेको हो।
 
इलाका प्रहरी कार्यालय टाँडीका अनुसार विद्युत् सट हुँदा भुजेलको गोठमा रहेको एउटा गाईको बाच्छी र बाख्रो मरेका छन्। दुईवटा बाख्रा र एउटा बच्छी घाइते भएको कार्यालयले जनाएको छ। कार्यालयका प्रहरी निरीक्षक प्रकाश शाहका अनुसार भुजेल सामान्य घाइते भएको र उनलाई उपचारका लागि अस्पताल पठाइएको छ। थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिए।
 
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र टाँडीका प्रमुख नवीन लाभका अनुसार विद्युत् तारलाई पोलबीचमा छुट्याउने पिन इन्सुलेटरबाट तार चुँडियर भुइँमा झर्दा विद्युत् सट भएको हो। ओसिलो भुइँमा विद्युतीय तारले छुँदा गोठमा करेन्ट लागेको उनले जानकारी दिए। उक्त घरगोठ नजिकैबाट हाइटेन्सन लाइन लगिएको छ। घटनापछि अहिले मर्मतको काम सुरु भएको लाभले बताए।

प्रकाशित मिति: २०:१५ बजे, बिहीबार, माघ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्