मौसममा आंशिक प्रभाव जारी, केहि स्थानमा बर्षा र हिमपातको सम्भावना
काठमाडौं, माघ १३ : मुलुकको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव जारी रहेको छ । बिहीबार राती पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही...
काठमाडौं, माघ १३ : मुलुकको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव जारी रहेको छ ।
बिहीबार राती पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
अनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा हुने तथा उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाद्वारा साँझ ६ बजे जारी बुलेटिनमा उल्लेख छ।
बुलेटिनअनुसार भोलि शुक्रबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी क्षेत्रका आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
अनि प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा र सोही क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।











