सत्तारुढ कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक
काठमाडौं, माघ १३ : सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बोलाएको छ ।कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले माघ १४ गते (शुक्रबार) दिउँसो...
काठमाडौं, माघ १३ : सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बोलाएको छ ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले माघ १४ गते (शुक्रबार) दिउँसो ३ः०० भर्चुअल माध्यमद्वारा बस्ने जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको सहभागिताका लागि अनुरोध समेत गरिएको छ ।
वैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन गरिने बताईएको छ ।
भर्चुअल बैठकको लिङ्क एसएमएस मार्फत प्राप्त गरिने समेत कांग्रेसले जनाएको छ ।
प्रकाशित मिति: १८:३७ बजे, बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











