माेरङमा उखुबारीभित्र भेटिएका दुई शवमध्ये एउटाकाे पहिचान खुल्याे
विराटनगर, माघ १३ : मोरङको धनपालथान गाउँपालिका-७ कमलपुरमा उखुबारीभित्र दुई खाल्डामा दुई पुरुषको शव भेटिएकोमा एकजनाको पहिचान खुलेको छ। आज (बिहीबार) दोस्रो खाल्डोमा भेटिएको...
विराटनगर, माघ १३ : मोरङको धनपालथान गाउँपालिका-७ कमलपुरमा उखुबारीभित्र दुई खाल्डामा दुई पुरुषको शव भेटिएकोमा एकजनाको पहिचान खुलेको छ।
आज (बिहीबार) दोस्रो खाल्डोमा भेटिएको शवमा पर्सभित्र फेला परेको चालक अनुमतिपत्रका आधारमा शव पहिचान भएको प्रहरीले जनाएको छ। त्यसबाट ती व्यक्ति धरान उपमहानगरपालिका-३ का ४९ वर्षीय राजेन्द्र श्रेष्ठ रहेको जानकारी पाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
सो शव पहिचानका लागि परिवार खोज्ने कार्य भइरहेको बताइएको छ। प्रहरीका अनुसार बुधबार पहिलो खाल्डोमा भेटिएका पुरुषको भने अहिलेसम्म पहिचान खुलन सकेको छैन।
दुवै शव चिन्नै नसकिने अवस्थामा रहेको प्रहरीको भनाइ छ। हत्यापछि शव त्यहाँ ल्याई गाडेको हुन सक्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: १८:१० बजे, बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











