नेप्से ३.२९ अंकले बढ्यो, कारोबार रकम घट्यो
काठमाडौं, माघ १३ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको कारोबारको अन्तिम दिन आज झिनो अंकले बढेको छ । आज नेप्से ३.२९ अंकले बढेर दुई...
काठमाडौं, माघ १३ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको कारोबारको अन्तिम दिन आज झिनो अंकले बढेको छ ।
आज नेप्से ३.२९ अंकले बढेर दुई हजार ७ सय ७९ दशमलब ९३ विन्दुमा पुगेको हो । बुधबार नेप्से ३८.४५ अंकले घटेर दुई हजार ७ सय ७६ दशमलब ६१ विन्दुमा रोकिएको थियो ।
त्यस्तै, आज कारोबार रकममा भने गिरावट आएको छ । आज ३ अर्ब ३४ करोड ३४ लाख बराबरको कारोबार भएको छ । बुधबार ४ अर्ब ३१ करोड ३१ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी र सिडीबिडी हाइड्रोपावर डेलपमेन्ट कम्पनी रहेको छ ।
प्रकाशित मिति: १७:१७ बजे, बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











