Kathmandu Press

उपत्यकामा थप ३,१४३ जनामा कोरोना संक्रमण

काठमाडौं, माघ १३ : काठमाडौं उपत्यकामा एकै दिन ३ हजार १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...
उपत्यकामा थप ३,१४३ जनामा कोरोना संक्रमण

काठमाडौं, माघ १३ : काठमाडौं उपत्यकामा एकै दिन ३ हजार १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं जिल्लामा मात्रै २ हजार ४०२ जना संक्रमित थपिएका छन्। त्यस्तै ललितपुर र भक्तपुरमा क्रमशः ५२१ र २२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

सोमबार देशभर ८ हजार १७ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा थपिएकासहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ५४ हजार ८६३ पुगेको छ। तीमध्ये काठमाडौंमा ३८ हजार ८५९, ललितपुरमा १० हजार ३९० र भक्तपुरमा ५ हजार ६१४ जना छन्।    

देशभर भने सक्रिय संक्रमितको संख्या ९० हजार ५७६  पुगेको छ।

प्रकाशित मिति: १६:३६ बजे, बिहीबार, माघ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्