Kathmandu Press

८,०१७ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु 

सोही अवधिमा ५ हजार २९२ जना संक्रमणमुक्त भएका छन् भने १५ जनाको मृत्यु भएको छ। 
८,०१७ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु 

काठमाडौं, माघ १३ : देशभर पछिल्लो चौबिस घण्टाको अवधिमा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार १७ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। चौबिस घण्टामा १५ हजार ७३६ नमूनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनामा एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जनाम कोरोनासंक्रमण पुष्टि भएको हो। 

सोही अवधिमा ५ हजार २९२ जना संक्रमणमुक्त भएका छन् भने १५ जनाको मृत्यु भएको छ। 

योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ९ लाख ३९ हजार २६७ पुगेको छ भने एन्टीजेनतर्फ १ लाख २२ हजार ८३८ पुगेको छ । त्यस्तै निको हुनेको कुल संख्या ८ लाख ३७ हजार ४ पुगेको छ भने हालसम्म ११ हजार ६८७ जना संक्रमितको ज्यान गएको छ। 

बिहीबार देशभर ९० हजार ५७६ सक्रिय संक्रमित रहेका छन्। तीमध्य ८८ हजार ६४२ जना होम आइसोलेसन र १ हजार ९३४ जना संस्थागत आइसोलेसनमा रहेका  छन्। 

संस्थागत आइसोलेसनमा रहेकामध्य २५७ जना आइसीयूमा रहेका छन् भने ९७ जना भेन्टिलेटरमा र १४९ जना संस्थागत क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

बिहीबार देशभर ५ लाख ५४ हजार ५६६ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयद्वारा जारी विवरणमा उल्लेख छ। 

प्रकाशित मिति: १६:३१ बजे, बिहीबार, माघ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्