Kathmandu Press

भौतिक पूर्वाधारमन्त्री यादवविरूद्द कारबाहीकाे माग गर्दै प्रहरीमा जाहेरी 

पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले मन्त्री यादवविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन्।  जिल्ला प्रहरी कार्यालय सप्तरीले जाहेरी लिन नमानेपछि नेता कर्णले हुलाकमार्फत रौतहट प्रहरीमा जाहेरी  पठाएका हुन्। 
भौतिक पूर्वाधारमन्त्री यादवविरूद्द कारबाहीकाे माग गर्दै प्रहरीमा जाहेरी 

काठमाडौं, माघ १३ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई कारवाही गर्न माग गर्दै प्रहरीमा जाहेरी परेको छ।  

पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले मन्त्री यादवविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन्।  जिल्ला प्रहरी कार्यालय सप्तरीले जाहेरी लिन नमानेपछि नेता कर्णले हुलाकमार्फत रौतहट प्रहरीमा जाहेरी  पठाएका हुन्। 

माघ ५ गते बलिदानी दिवस मनाउन रौतहट पुगेकी मन्त्री यादवले सार्वजनिक कार्यक्रममार्फत जनमत  पार्टीका अध्यक्ष सिके राउत र उनका कार्यकर्ताहरुलाई ज्यान मार्ने धम्की दिएकी थिइन्। 

कार्यक्रमलाई सम्बोधन गर्दै गौर प्रकरण दोहोरिने चेतावनी दिएकी थिइनन्। 

जाहेरीमा मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भनेर उनीमाथि राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न माग गरेका छन् ।

कर्णले बिहीबार नै सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पनि पठाएका छन् ।

प्रकाशित मिति: १५:५८ बजे, बिहीबार, माघ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्