Kathmandu Press

कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार बस्दै

काठमाडौं, माघ १३ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबारका लागि केन्द्रीय समिति बैठक बोलाएका छन्।शुक्रबार बिहान ११ का लागि बोलाइएको...
कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार बस्दै

काठमाडौं, माघ १३ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबारका लागि केन्द्रीय समिति बैठक बोलाएका छन्।

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक कोरोना महामारीका कारण भर्चुअल रुपमा बस्ने बताइएको छ।

कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो। 

बैठकमा स्थानीय तहको निर्वाचन, कार्यसम्पादन समिति गठन, बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनकाे समीक्षालगायत अन्य विविध विषयमा छलफल हुने बताइएको छ। 

प्रकाशित मिति: १५:०२ बजे, बिहीबार, माघ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्