मोरङको उखुबारीमा अर्को पनि शव भेटियाे
विराटनगर, माघ १३ : मोरङको धनपालथान गाउँपालिका-७ कमलपुरको बस्तीनजिकै थप अर्को एउटा शव भेटिएको छ।त्यहाँको उखुबारीमा रहेका दुइटा खाल्डामध्ये एउटामा बुधबार शव भेटिएको थियो।...
विराटनगर, माघ १३ : मोरङको धनपालथान गाउँपालिका-७ कमलपुरको बस्तीनजिकै थप अर्को एउटा शव भेटिएको छ।
त्यहाँको उखुबारीमा रहेका दुइटा खाल्डामध्ये एउटामा बुधबार शव भेटिएको थियो। आज (बिहीबार) उत्खनन गरिएको अर्को खाल्डोमा पनि शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
शव खाल्डोबाट बाहिर निकालिएको छैन। तालिमप्राप्त कुकुरसहितको प्रहरी अनुसन्धान टोली पनि घटनास्थलमा पुगेको छ।
प्रकाशित मिति: १४:५२ बजे, बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











