Kathmandu Press

उपत्यकाका तीन सिडिओको बैठक बस्दै, जोरबिजोर प्रणालीबारे समिक्षा हुने 

काठमाडौं, माघ १३ : उपत्यकामा जारी गरिएको स्मार्ट लकडाउनको समिक्षा गर्न तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक भोलि (शुक्रबार) बस्ने भएको छ। स्मार्ट लकडाउन र...
उपत्यकाका तीन सिडिओको बैठक बस्दै, जोरबिजोर प्रणालीबारे समिक्षा हुने 

काठमाडौं, माघ १३ : उपत्यकामा जारी गरिएको स्मार्ट लकडाउनको समिक्षा गर्न तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक भोलि (शुक्रबार) बस्ने भएको छ। स्मार्ट लकडाउन र जोरबिजोर प्रणाली लागू गरिएको एक साता बित्न लाग्दा सिडिओहरु बैठकमा बस्न लागेका हुन्। 

बैठकमा विभिन्न नियमहरुको प्रभावकारिताको विषयमा छलफल र समिक्षा हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिएका छन् । 

‘कोरोना नियन्त्रणका लागि प्रशासनले जारी गरेको नियमको प्रभावकारिताको विषयमा छलफल हुने हो,’ सिडिओ उपाध्यायले भने, ‘कुन नियमलाई हटाउने र परिमार्जन गर्ने भन्ने विषय छलफलपछि टुंगो लाग्छ।’

उपत्यकामा कोरोना संक्रमण दर बढेपछि प्रशासनले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ। जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायातमा यात्रुको भीड बढेको भन्ने गुनासो बढेपछि प्रशासनले यसबारेमा थप निर्णय गर्ने आकलन गरिएको छ। 

देशभर दैनिक थपिएका संक्रमितमध्य उपत्यकामा मात्रै आधा भन्दा बढी संक्रमित भेटिने भएका कारण थप प्रतिवन्धात्मक नियम लागु हुनसक्ने समेत अनुमान छ। 

प्रकाशित मिति: १४:४२ बजे, बिहीबार, माघ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्