राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने
काठमाडौं, माघ १३ : राष्ट्रिय सभाको बैठक माघ १७ गतेका लागि आह्वान गरिएको छ।संघीय संसद्का महासचिव भरतराज गौतमले आज (बिहीबार) सूचना जारी गरेर माघ...
काठमाडौं, माघ १३ : राष्ट्रिय सभाको बैठक माघ १७ गतेका लागि आह्वान गरिएको छ।
संघीय संसद्का महासचिव भरतराज गौतमले आज (बिहीबार) सूचना जारी गरेर माघ १७ गते दिनको १ बजेका लागि बैठक आह्वान गरेको जानकारी दिएका हुन्।
यसअघि माघ २ गते अनिश्चित समयका लागि राष्ट्रिय सभाको बैठक स्थगितको सूचना जारी गरिएको थियो। त्यसअघि पनि पटकपटक बैठक स्थगित हुँदै आएको थियो।
लामो समयदेखि पटकपटक स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक पनि माघ १६ गतेका लागि बोलाइएको छ।
प्रकाशित मिति: १४:३७ बजे, बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











