Kathmandu Press

‘अफगानिस्तानमा तत्कालै ३ अर्ब ६० करोड अमेरिकी डलर सहायता आवश्यक’

संयुक्त राष्ट्रसंघ, माघ १३ : संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा अहिले तत्कालै करिब ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको मानवीय सहयताको खाँचो रहेको जनाएको छ।हाल...
‘अफगानिस्तानमा तत्कालै ३ अर्ब ६० करोड अमेरिकी डलर सहायता आवश्यक’

संयुक्त राष्ट्रसंघ, माघ १३ : संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा अहिले तत्कालै करिब ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको मानवीय सहयताको खाँचो रहेको जनाएको छ।

हाल संयुक्त राष्ट्रसंघको समूहले अफगानिस्तानमा मानवीय सहयता वितरणको कार्य सुरु गरेको छ र त्यसका लागि कम्तीमा पनि ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको सहायताको खाँचो रहेको आँकलन गरेको हो।

Hardik ivf

 संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजाकिरकका अनुसार हाल अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको एक समूहले मानवीय सहयताको वितरण गरिरहेको छ। यो सहयोग अहिले अरु केही नभएर मानिसहरुका लागि आधारभूत खाद्यान्न, उनीहरुलाई न्यानो कपडा र आधारभूत औषधिमुलोहरु रहेको बताइएको छ। 

यही जनवरीको सुरुमा संयुक्त राष्ट्रसंघले यस वर्षका लागि कम्तीमा पनि ४ अर्ब ४० करोड अमेरिकी डलर बराबरको मानवीय सहायता वितरण गर्नुपर्ने योजना बनाएको थियो। त्यसबाट नै अहिले तत्कालै कम्तीमा ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको सहयाताको खाँचो परेको हाल अफगानिस्तानमा सहयोग वितरण गरिरहेको संयुक्त राष्ट्रसंघको समूहले जनाएको हो। 
 
यहाँ तालिबानहरुको शासन सुरु भएपछि वैदेशिक सहायता आएको छैन। जसका कारण यहाँका नागरिक आधारभूत खाना, औषधि तथा न्यानो कपडाबाट पनि वञ्चित हुन पुगेका बताइएको छ। 

प्रकाशित मिति: १२:२८ बजे, बिहीबार, माघ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्