Kathmandu Press

बालाजु औद्योगिक क्षेत्रमा ग्याँस बुलेटमा च्यापिएर चालकको मृत्यु 

काठमाडौं, माघ १३ : बालाजु औद्योगिक क्षेत्रभित्र ग्यासको बुलेटमा च्यापिएर चालकको मृत्यु भएको छ। दुईवटा ग्यास बुलेटको बीचमा च्यापिएर भारत कलकत्ता घर भएका ४५...
बालाजु औद्योगिक क्षेत्रमा ग्याँस बुलेटमा च्यापिएर चालकको मृत्यु 

काठमाडौं, माघ १३ : बालाजु औद्योगिक क्षेत्रभित्र ग्यासको बुलेटमा च्यापिएर चालकको मृत्यु भएको छ। दुईवटा ग्यास बुलेटको बीचमा च्यापिएर भारत कलकत्ता घर भएका ४५ वर्षीय दिलीप राजवंशीको मृत्यु भएको हो। 

आज बिहान करिब पौने चार बजे बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा उनी च्यापिएका थिए।

प्रहरीका अनुसार ती बुलेट एनएलओ २ क्यु ३७२० र एनएलओ २ क्यु ३७२९ नम्बरको बुलेटको बीचमा राजवंशी च्यापिएका थिए।

चालक राजवंशीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । राजवंशी च्यापिएको अर्को बुलेट चालकलाई महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।
 

प्रकाशित मिति: १०:३३ बजे, बिहीबार, माघ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्