Kathmandu Press

बैतडीमा बस दुर्घटना, आठ जना घाइते

बैतडी, माघ १३ : आज बिहान बैतडीमा बस दुर्घटना भएको छ। दुर्घटनामा आठ जना घाइते भएका छन्।पाटन–पञ्चेश्वर सडकखण्ड अन्तरगत मेलौली नगरपालिका २ रौतगाँउमा...
बैतडीमा बस दुर्घटना, आठ जना घाइते

बैतडी, माघ १३ : आज बिहान बैतडीमा बस दुर्घटना भएको छ। दुर्घटनामा आठ जना घाइते भएका छन्।

पाटन–पञ्चेश्वर सडकखण्ड अन्तरगत मेलौली नगरपालिका २ रौतगाँउमा आज बिहान ६ बजे ना ७ ख २५७० नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनामा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइते हुनेमा मेलौली नगरपालिका ६ का कमलापति भट्ट, मनिषा चन्द, दुर्गादत्त भट्ट, शिवनाथ गाउँपालिकाका शुशीला चन्द, जनक औजी, रामसिंह साउद, कञ्चनपुरको बेदकोट नगरपालिका दैजीका पूजा भट्ट र बाराका सिराज अन्सारी रहेका छन्।

उनीहरुलाई उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाइएको छ। ३२ यात्रु रहेको बसमा सवार अन्यको अवस्था सामान्य प्रहरीले जनाएको छ।

महेन्द्रनगरबाट मेलौलीतर्फ गइरहेको पवनदुत यातायातको उक्त बस सडकबाट २० मिटर तल खसेको हो। बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ का विरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ०८:०७ बजे, बिहीबार, माघ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्