भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु
नेपालगञ्ज, माघ १३ : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पछिल्लो १२ घण्टामा दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय...
नेपालगञ्ज, माघ १३ : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पछिल्लो १२ घण्टामा दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय वृद्धको गएराति मृत्यु भएको हो। त्यस्तै, कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
उनका अनुसार मधुवन नगरपालिका ६ का वृद्धको उपचारका क्रममा गएराति १०ः३० बजे मृत्यु भएको हो। भेरी अस्पतालमा यही माघ १० गते पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको थियो। त्यहि दिनदेखि अस्पताल भर्ना भएर उपचार गरिरहेका थिए।
यस्तै कालिकोटको शुभकालिका गाउँपालिका ५ का बालकको भेरी अस्पतालमा बुधबार बिहान ११ः१५ बजे मृत्यु भएको हो। यही माघ ४ गते पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।
त्यसको भोलीपल्ट भेरी अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला कोभिड ब्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए।











