सामूहिक बलात्कारको आरोपीलाई जेल पठाउन आदेश
काठमाडौं, माघ १३ : सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका ९ जनालाई पुर्पक्षका लागि जेल पठाउन अदालतले आदेश दिएको छ।काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कको एक...काठमाडौं, माघ १३ : सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका ९ जनालाई पुर्पक्षका लागि जेल पठाउन अदालतले आदेश दिएको छ।
काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा भएको सामूहिक बलात्कारका आरोपित नौ जनालाई पुर्पक्षका लागि जेल पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो। न्यायाधीश रामचन्द्र पौडेलको इजलासको आदेशपछि उनीहरुलाई जेल पठाएको छ।
त्यस्तै, अदालतले उक्त घटनामा प्रयोग भएका ३ गेष्टहाउस सञ्चालकलाई जनही तीन तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
गत पुस १२ गते ३४ वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले नौ जनालाई पक्राउ गरेको थियो।
प्रकाशित मिति: ०७:०० बजे, बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











