Kathmandu Press

मकालुमा भिरबाट लडेर एक भेडा गोठालाको मृत्यु

सङ्खुवासभा, माघ १२ : सङ्खुवासभाको मकालु गाउँपालिका–४ मा भिरबाट लडेर एक भेडा गोठालोको मृत्यु भएको छ। मृत्यु हुनेमा भोटखोला गाउँपालिका–५ तुङ्खालिङका ५२ वर्षीय...
मकालुमा भिरबाट लडेर एक भेडा गोठालाको मृत्यु

सङ्खुवासभा, माघ १२ : सङ्खुवासभाको मकालु गाउँपालिका–४ मा भिरबाट लडेर एक भेडा गोठालोको मृत्यु भएको छ। मृत्यु हुनेमा भोटखोला गाउँपालिका–५ तुङ्खालिङका ५२ वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।
 
भेडा चराउन गएका राईको मकालु–४ पावाखोला निवारे भिरबाट लडेर मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए। भेडा चराउन गएका राई मङ्गलबारदेखि फर्केर नआएपछि खोजी गर्दा बुधबार पावाखोला निवारेमा भिरबाट लडेर मृत अवस्थामा स्थानीयवासीले फेला परेको थिए।

मृतक राई केही महिना यता मकालु–४ बैदेका गङ्गाबहादुर गुरुङको भेडी गोठामा काम गर्दै आएका थिए। घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनाबाट नौ घण्टाको पदैल दूरीमा पर्दछ। घटनाको खबर पाउन साथ इलाका प्रहरी कार्यालय हेदाङनाको टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

प्रकाशित मिति: २०:२४ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्