Kathmandu Press

गण्डकीमा ७८० जना कोरोना सङ्क्रमित थपिए

गण्डकी, माघ १२ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७८० जना कोरोना सङ्क्रमित थपिएका छन्। प्रदेशअन्तर्गतका विभिन्न प्रयोगशाला एवं अस्पतालमा ४११ जनाको पिसिआर...
गण्डकीमा ७८० जना कोरोना सङ्क्रमित थपिए

गण्डकी, माघ १२ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७८० जना कोरोना सङ्क्रमित थपिएका छन्। प्रदेशअन्तर्गतका विभिन्न प्रयोगशाला एवं अस्पतालमा ४११ जनाको पिसिआर तथा ३७९ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए।
    
उनका अनुसार थपिनेमा कास्कीका ३८५, स्याङ्जाका १०४, तनहुँका ८६, लम्जुङका ६५, नवलपरासी पूर्वका ४९, म्याग्दीका ४६, गोरखाका २३, वाग्लुङका २० र पर्वतका १२ जना छन्। यस अवधिमा २१३ जना निको भएका छन्। प्रदेशमा होम आइसोलेसनमा रहनेको सङ्ख्या छ हजार ९३५ रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति: २०:१६ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्