Kathmandu Press

सुदूरपश्चिम प्रदेशमा थप ६१४ जनामा सङ्क्रमण

सुदूरपश्चिम, माघ १२ : सुदूरपश्चिम प्रदेशमा आज थप ६१४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक...
सुदूरपश्चिम प्रदेशमा थप ६१४ जनामा सङ्क्रमण
Hardik ivf

सुदूरपश्चिम, माघ १२ : सुदूरपश्चिम प्रदेशमा आज थप ६१४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ८५० जनाको नमूना परीक्षण गर्दा ६१४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।  

पीसीआरमार्फत २४९ र एन्टीजेनमार्फत ३६५ जनामा पुष्टि भएको हो। यस्तै गएको २४ घण्टामा प्रदेशभर १०९ जना निको भएका छन्। उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन।

यसअघि मङ्गलबार यस प्रदेशमा ६५२ जनामा सङ्क्रमण पुष्टि हुँदा १३३ जना निको भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१८ जनाको ज्यान गइसकेको छ। सङ्क्रमणको जोखिम बढेपछि भारतसँग सीमा जोडिएको यस प्रदेशका विभिन्न नाकामा कोरोना परीक्षणको काम जारी रहेको छ। यसका साथै खोप लगाउने कार्यक्रम पनि तीव्र पारिएको छ।

प्रकाशित मिति: २०:१५ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्