Kathmandu Press

गठबन्धनले १८ सिट जित्दा एमाले एक सिटमा सिमित 

१९ पदका लागि बुधबार सम्पन्न निर्वाचनमा १८ पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका हुन् भने प्रमुख प्रतिपक्षी नेकपा एमाले एक सिटमा मात्र बिजयी भएको हो ।
गठबन्धनले १८ सिट जित्दा एमाले एक सिटमा सिमित 

काठमाडौं, माघ ११ : राष्ट्रिय सभा निर्वाचनमा एक सिट बाहेक अन्य सबै सिटमा पाँच दलीय गठबन्धनले विजयी हासिल गरेको छ ।  

१९ पदका लागि बुधबार सम्पन्न निर्वाचनमा १८ पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका हुन् भने प्रमुख प्रतिपक्षी नेकपा एमाले एक सिटमा मात्र बिजयी भएको हो । निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए । 

एमालेबाट प्रदेश १ मा अल्पसंख्यकतर्फ सोनम ग्याल्जेन शेर्पा विजयी भएका हुन् । उनले प्रदेश १ मा गठबन्धनबाट जसपाका उम्मेदवार हेमराज राई पराजित गरे । अन्य १८ सिटमा भने गठबन्धनका उम्मेद्वारीहरु बिजयी भए । प्रदेश १ मा महिलातर्फ एकीकृत समाजवादीकी जयन्तीदेवी राई र कांग्रेसका गोपालकुमार बस्नेत विजयी भएका छन् । 

मधेस प्रदेशमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका महम्मद खालिद सिद्धिकी निर्वाचित हुँदा वाग्मती प्रदेशमा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र कांग्रेसका कृष्णप्रसाद पौडेल निर्वाचित भए । 

गण्डकी प्रदेशमा कांग्रेसकी कमला पन्त, माओवादी केन्द्रका भुवनबहादुर सुनार र सुरेश आलेमगर निर्वाचित हुँदा लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित भए । 

यस्तै कर्णाली प्रदेशमा कांग्रेसकी दुर्गा गुरुङ र माओवादीका नरबहादुर विष्ट र एकीकृत समाजवादीका उदय बोहरा निर्वाचित हुँदा सुदूरपश्चिम प्रदेशमा कांग्रेसका नारायणदत्त मिश्र, माओवादी केन्द्रका जगतबहादुर पार्की र एकीकृत समाजवादीका मदनकुमारी शाह विजयी भए । 

राष्ट्रिय सभाका २० जना सदस्यहरूको पदावधि आगामी फागुन २१ गते सकिँदैछ । त्यसमध्ये १९ सिटका लागि बुधबार निर्वाचन भएको थियो भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गर्ने प्रावधान रहेको छ । 

प्रकाशित मिति: २०:०६ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्