Kathmandu Press

बिहारमा रेलमा आगजनी

पटना, माघ १२ : पूर्वी भारतको बिहार प्रदेशमा आक्रोशित भीडले बुधबार रेल सेवाका लागि लिइएको परीक्षमा अनियमितता भएको भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीले रेलमा...
बिहारमा रेलमा आगजनी

पटना, माघ १२ : पूर्वी भारतको बिहार प्रदेशमा आक्रोशित भीडले बुधबार रेल सेवाका लागि लिइएको परीक्षमा अनियमितता भएको भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीले रेलमा आगो लगाएका छन्।  आगजनीपछि प्रहरीले भीडलाई अश्रु ग्यास र लाठी चार्ज गरी नियन्त्रणमा लिनुपरेको बताइएको छ।

सरकारद्वारा सञ्चालित रेल क्षेत्रका लागि प्रवेश परीक्षा अनुचित तरिकाले सञ्चालन भइरहेको छ भन्ने युवा जागिर आवेदकहरूको दाबीमाथि बिहार राज्यमा हप्ताको सुरुदेखि नै विरोध भइरहेको थियो।
सोमबारको दिन सानो परिमाणमा विरोध प्रदर्शन सुरु भए तापनि प्रहरी र प्रदर्शनकारीबीच तनाब बढ्दै जाँदा ठूलो भीड जम्मा भएको थियो।

Hardik ivf

भीडले रेलका गाडीहरूमा ढुंगा हान्ने, रेल मार्ग अवरुद्ध गर्ने र प्रधानमन्त्री नरेन्द्र मोदीका पुत्ला जलाउनेजस्ता कार्य गरेको बताइएको छ।

प्रदर्शनमा सहभागी भएको आरोपमा एक दर्जनभन्दा बढीलाई पक्राउ गरिएको छ। बिहार र छिमेकी उत्तर प्रदेशका रेलवे स्टेशनहरूमा प्रदर्शन भएको छ।

प्रहरीले व्यापक दमन गरेको भन्दै आलोचना गरिएको छ। सामाजिक सञ्जालहरूमार्फत् सार्वजनिक दृष्यहरूमा प्रहरीहरू शंकास्पद प्रदर्शनकारीको घरमा घुसेको र उनीहरुलाई लठ्ठीले हिर्काएको देखाइएको छ।

यस आक्रमणको निन्दा गर्दै विपक्षी दलकी विधायिक प्रियंका गान्धीले ट्विटर पोस्ट भनेका छन, 'युवाहरूलाई बेरोजगारीको विषयमा कुरा गर्ने अधिकार छ।'

रोजगारी लामो समयदेखि भारतीय अर्थतन्त्रका लागि घाँटीमा जाँतोको ढुङ्गा सरह बनेको छ। सन् १९७० को दशकदेखि भारतीय रोजगारी दरमा समस्या रहँदै आएको र यो कोभिड–१९ महामारीका कारण थप सङ्कटको अवस्थामा पुगेको सरकारी तथ्याङ्कहरूले देखाएको छ।

स्थानीय सञ्चार माध्यमका अनुसार हालको रेलवे सेवामा रोजगारीका लागि लिइएको परीक्षामा १० लाखभन्दा बढी मानिसहरूले ३५ हजार खाली स्थानका लागि प्रतिस्पर्धाका लागि निवेदन दिएका छन्।

प्रकाशित मिति: १९:३५ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्