कर्णाली प्रदेशमा गठबन्धनका उम्मेदवारहरू विजयी
काठमाडौं, माघ १२ : राष्ट्रिय सभा सदस्यमा कर्णालीमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । बुधवार भएको चुनावमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका हुन् ।...
काठमाडौं, माघ १२ : राष्ट्रिय सभा सदस्यमा कर्णालीमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । बुधवार भएको चुनावमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका हुन् ।
गठबन्धनको तर्फबाट कांग्रेसकी दुर्गाकुमारी गुरुङ (महिला), नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (अपाङ्गता) र नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा (खुला) राष्ट्रिय सभा सदस्य पदमा विजयी भए ।
एमालेका तर्फबाट चुडामणि शर्मा (खुला), गंगा महत (महिला) र पदमबहादुर माझी (अल्पसङ्ख्यक) तर्फ उम्मेदवारी दिएका थिए । चुनावका लागि कर्णालीमा गठबन्धका तीन दल र नेकपा एमालेबीच प्रतिस्पर्धा भएको थियो ।
कर्णालीमा राष्ट्रिय सभा सदस्यका लागि भएको चुनावमा १ सय ९१ मतदातामध्ये १ सय ८९ जनाले मत खसालेका थिए ।
प्रकाशित मिति: १९:३३ बजे, बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











