Kathmandu Press

१२ वर्षभन्दा सानालाई पनि खोप लगाउन पहल जारी छ : मन्त्रालय

काठमाडौं, माघ १२ : सरकारले १२ वर्ष मुनिका बालबालिकालाई कोभिड १९ विरुद्ध खोप लगाउन पहल गरिरहेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित...
१२ वर्षभन्दा सानालाई पनि खोप लगाउन पहल जारी छ : मन्त्रालय

काठमाडौं, माघ १२ : सरकारले १२ वर्ष मुनिका बालबालिकालाई कोभिड १९ विरुद्ध खोप लगाउन पहल गरिरहेको बताएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।

उनका अनुसार हाल विभिन्न देशबाट ४ करोड २० लाख ४९ हजार ६ सय ४० मात्रा खोप प्राप्त भएको छ। 

यसमध्ये कम्तिमा १ करोड ६४ लाख १२ हजार ५ सय ५५ जनाले एक मात्रा र १ करोड ३२ लाख ४३ हजार ५ सय ७७ जनाले पूर्ण मात्रामा खोप लगाएका छन्।

माघ १५ पछि १२ १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाउने सरकारी तयारी छ।
 

प्रकाशित मिति: १९:०१ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्