प्रदेश १ मा गोलाप्रथाबाट कांग्रेसका उम्मेदवार गोपाल बस्नेत विजयी
बुधबार साँझ सम्पन्न मतगणनामा नेकपा एमालेका उम्मेदवार गुरु बराल र बस्नेतको मत बराबर भएपछि गोला प्रथाबाट विजेताको टुंगो लगाइएको हो। गोलाप्रथामा गर्दा बस्नेत निर्वाचित भएका हुन्।
काठमाडौं, माघ १२ : राष्ट्रिय सभा सदस्यका लागि प्रदेश १ मा भएको निर्वाचनमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोपाल बस्नेत निर्वाचित भएका छन्।
बुधबार साँझ सम्पन्न मतगणनामा नेकपा एमालेका उम्मेदवार गुरु बराल र बस्नेतको मत बराबर भएपछि गोला प्रथाबाट विजेताको टुंगो लगाइएको हो। गोलाप्रथामा गर्दा बस्नेत निर्वाचित भएका हुन्।
मतदानबाट दुबैजनाले ४ हजार ४८८ मतभार प्राप्त गरेका थिए। बस्नेतले प्रदेशसभाका ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ मत प्राप्त गरे । बरालले प्रदेशसभाबाट ३८ र स्थानीय तहबाट १४८ मत प्राप्त गरेका थिए ।
प्रकाशित मिति: १८:१६ बजे, बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार