Kathmandu Press

उपत्यकामा २९ सय जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ५२ हजारभन्दा बढी

काठमाडौं, माघ १२ : काठमाडौं उपत्यकामा एकै दिन २ हजार ९०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा...
उपत्यकामा २९ सय जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ५२ हजारभन्दा बढी

काठमाडौं, माघ १२ : काठमाडौं उपत्यकामा एकै दिन २ हजार ९०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं जिल्लामा मात्रै २ हजार ४१ जना संक्रमित थपिएका छन्। त्यस्तै ललितपुर र भक्तपुरमा क्रमशः ५६६ र २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

सोमबार देशभर ८ हजार ४५४ जना संक्रमित थपिएका छन्। 

पछिल्लो २४ घन्टामा थपिएकासहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ५२ हजार ८४२ पुगेको छ। तीमध्ये काठमाडौंमा ४० हजार १२, ललितपुरमा १० हजार ६९ र भक्तपुरमा ५ हजार ७२८ जना छन्।    

देशभर भने सक्रिय संक्रमितको संख्या ८२ हजार ५५०  पुगेको छ।

प्रकाशित मिति: १७:०३ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्