Kathmandu Press

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा गठबन्धनकी उम्मेदवार जयन्ती राई विजयी 

नेकपा (एकिकृत समाजवादी) पार्टीकी उम्मेदवार रहेकी राईले ४ हजार ६९२ मत प्राप्त गरिन् । 
राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा गठबन्धनकी उम्मेदवार जयन्ती राई विजयी 

काठमाडौं, माघ १२ : राष्ट्रिय सभा सदस्यका लागि प्रदेश १ मा भएको निर्वाचनमा महिलातर्फकी उम्मेदवार जयन्ती राई विजयी भएकी छन्। उनी गठबन्धनतर्फकी उम्मेदवार हुन्। 

नेकपा (एकिकृत समाजवादी) पार्टीकी उम्मेदवार रहेकी राईले ४ हजार ६९२ मत प्राप्त गरिन् । 

उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गरिन्। त्यस्तै राप्रपाकी रञ्जु प्याकुरेलले १२० मत ल्याइन्। 

प्रकाशित मिति: १६:५९ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्