Kathmandu Press

एकैदिन ८,४५४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु 

सोही अवधिमा  ४ हजार ४३३ जना सक्रमणमुक्त भएका छन्।
एकैदिन ८,४५४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु 

काठमाडौं, माघ १२ : पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार ४५४ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३५९ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। 

बितेको २४ घण्टामा १३ हजार ५४९ नमूनाको पीसीआर परीक्षण गर्दा  ५ हजार ५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ हजार ८१० नमुनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जनामा संक्रमण देखिएको हो।

सोही अवधिमा  ४ हजार ४३३ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ।

योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ९ लाख ३३ हजार ४५१ पुगेको छ भने एन्टीजेनतर्फ १ लाख २० हजार ६३७ पुगेको छ।

संक्रमणमुक्त हुनेको संख्या ८ लाख ३१ हजार ७१२ पुगेको छ। हालसम्म ११ हजार ६७२ संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

पछिल्लोपटक थपिएको सहित देशभरिमा कुल सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ। 

तीमध्ये ८८ हजार २४८ जना होम आइसोलेसन र १ हजार ८१९ जना संस्थागत आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा रहेकामध्य २५१ जना आइसीयू, ४८ जना भेन्टिलेटर र १७१ जना संस्थागत क्वारेन्टिनमा रहेका छन्।

बुधबारसम्म २ लाख ५६ हजार ४१६ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।

प्रकाशित मिति: १६:३६ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्