Kathmandu Press

लुम्बिनी प्रदेशमा गठबन्धनका तीनैजना उम्मेदवार विजयी 

गठबन्धनका तर्फ नेपाली कांग्रेसका उम्मेदवारी युवराज शर्मा, नेकपा एकिकृत समाजवादीका राज्यलक्ष्मी गैरेर र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन्। 
लुम्बिनी प्रदेशमा गठबन्धनका तीनैजना उम्मेदवार विजयी 

काठमाडौं, माघ १२ : राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारी विजयी भएका छन्। 

गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवारी युवराज शर्मा, नेकपा एकिकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन्। 

एमालेका उम्मेदवारहरु  रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनार पराजित भएका छन्। 

बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदानमा ८१ जना प्रदेश सभा सदस्य र १०७ स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गरेका थिए।
 

प्रकाशित मिति: १६:२६ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्