राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा गठबन्धनकी उम्मेदवार गरिमा शाह विजयी
प्रदेशसभातर्फ १ हजार ८७२ र स्थानीय तहतर्फ १ हजार ९६२ मतभार प्राप्त गर्दै शाह राष्ट्रिय सभा सदस्य चुनिएकी हुन्।
काठमाडौं, माघ १२ : राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट गरिमा शाह विजयी भएकी छन्। शाही सत्तारुढ गठबन्धन दलको तर्फबाट महिलातर्फकी उम्मेदवार हुन्।
प्रदेशसभातर्फ १ हजार ८७२ र स्थानीय तहतर्फ १ हजार ९६२ मतभार प्राप्त गर्दै शाह राष्ट्रिय सभा सदस्य चुनिएकी हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी उमालेकी उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १ हजार १५२ मत प्राप्त गरेकी छन्।
सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यका लागि ३ जना निर्वाचित हुनेछन्। बाँकी दुईको नतिजा आउने क्रममा रहेको छ।
प्रकाशित मिति: १६:१२ बजे, बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











