Kathmandu Press

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा ९८ प्रतिशत मत खस्यो, २ जना अनुपस्थित 

काठमाडौं, माघ १२ :  राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत कर्णाली प्रदेशमा मतदान सम्पन्न भएको छ। प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा बुधबार बिहान  ९ बजेदेखि...
राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा ९८ प्रतिशत मत खस्यो, २ जना अनुपस्थित 
मतदान गर्दै कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही। तस्बिर : रासस

काठमाडौं, माघ १२ :  राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत कर्णाली प्रदेशमा मतदान सम्पन्न भएको छ। प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा बुधबार बिहान  ९ बजेदेखि सुरु भएको मतदानको निर्धारित समय सकिँदासम्म ९८.९५ प्रतिशत मत खसेको छ। 

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीका अनुसार मतदानमा दुई प्रतिनिधि अनुपस्थित रहे। राप्रपाबाट निर्वाचित प्रदेश सभा सदस्य सोशिला शाही र कालीकोट तलागुफा नगरपालिकाकी उपप्रमुख  दन्ता नेपाली मतदानमा अनुपस्थित रहेका हुन्। 

प्रदेश १ मा राप्रपाको उम्मेदवार नभएका कारण शाही मतदानमा अनुपस्थित भएकी हुन्। राप्रपाले आफ्ना उम्मेदवार नभएको प्रदेशमा मतदान नगर्न ह्वीप जारी गरेको थियो । उपप्रमुख भने लामो समयदेखि अमेरिकामा छिन्। 

कर्णाली प्रदेशमा प्रदेश सदस्य र स्थानिय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष/उपाध्यक्षसहित १९१ जना मतदाना रहेका छन् । स्थानिय तहका १५६ जना र प्रदेश सभा सदस्य ३५ जना छन् । प्रदेशमा जम्म मतभार ४४ सय ८८ रहेको छ ।

प्रदेशमा तीन सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धन र नेकपा एमालेका उमेदवारबीच प्रतिस्पर्धा छ ।

गठबन्धनको तर्फबाट कांग्रेसकी दुर्गाकुमारी गुरुङ (जुम्ला), नेकपा माओवादी केन्द्रका नरबहादुर बिष्ट (सुर्खेत) र नेकपा एकिकृत समाजबादीका उदय बोहोरा (सल्यान) उम्मेदवार रहेका छन् । गुरुङ महिलाबाट, बिष्ट अपांगताबाट र बोहोरा अन्यबाट उम्मेदवारी दिएका हुन्।

त्यस्तै एमालेबाट सुर्खेतका चुडामणी शर्मा (खुला), जुम्लाकी गंगा महत (महिला) र दैलेखका पदमबहादुर माझी ( अल्पसंख्यक) उम्मेदवार रहेका छन्। आज ४ बजेपछि मतगणना सुरु हुने बताइएको छ। 

प्रकाशित मिति: १६:०० बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्