Kathmandu Press

मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचन : २ सांसदसहित ६ जनाले गरेनन् मतदान

धनुषा, माघ १२ : मधेस प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा ३ सय ६६ जनाले मतदान गरेका छन्। निर्वाचन आयोगले दिएको समय समाप्त हुँदा ३...
मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचन : २ सांसदसहित ६ जनाले गरेनन् मतदान

धनुषा, माघ १२ : मधेस प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा ३ सय ६६ जनाले मतदान गरेका छन्। निर्वाचन आयोगले दिएको समय समाप्त हुँदा ३ सय ७२ मदतातामध्ये ६ जना मतदानमा सहभागी भएनन्।

मधेस प्रदेशका लागि महेन्द्र नारायण निधि भवन जनकपुरमा भएको निर्वाचनमा स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष गरी २ सय ६८ जनामध्ये २ सय ६४ जनाले मात्र मतदना गरे। त्यसैगरी प्रदेशसभाका १ सय ४ सांसदमध्ये १ सय २ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय जनकपुरकी प्रमुख पुष्पा झाले बताइन्।

स्थानीय तहबाट ४ जना र प्रदेश सांसद २ जना मतदना अनुपस्थित भएको जनाइएको छ। मतदान नगर्ने दुई प्रदेश सांसदमा नेकपा (एकीकृत समाजवादी)का गोविन्द न्यौपाने र जनता समाजवादी पार्टी (जसपा) की रागिनी देवी वरनवाल रहेको जनाइएको छ।

आवश्यक प्रक्रिया पूरा गरेरकेही बेरमा मतगणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ। 

प्रकाशित मिति: १५:४५ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्