Kathmandu Press

साउदी अरबका युवराज र थाइल्यान्डका प्रधानमन्त्रीबीच भेटवार्ता

रियाद, माघ १२ : साउदी अरबका युवराज मोहम्मद विन सल्मान विन अब्दुलाजिज अल साउद र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चान बीच भेटवार्ता भएको...
साउदी अरबका युवराज र थाइल्यान्डका प्रधानमन्त्रीबीच भेटवार्ता
Hardik ivf

रियाद, माघ १२ : साउदी अरबका युवराज मोहम्मद विन सल्मान विन अब्दुलाजिज अल साउद र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चान बीच भेटवार्ता भएको छ । 

साउदी अरबको राजधानी रियादमा उहाँहरुका बीचमा मङ्लबार भेटवार्ता भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। भेटवार्ताका क्रममा उनीहरुले दुई पक्षीय चासो, सरोकारका विषयमा छलफल गर्नु भएको समाचारमा जनाइएको छ। 

त्यसैगरी आपसी सम्वन्धलाई थप बलियो बनाउने, सहकार्य बढाउनेलगायतका विषयमा पनि छलफल भएको बताइएको छ। साउदी अरबका युवराजको मैत्रीपूर्ण निमन्त्रणामा थाइल्यान्डका प्रधानमन्त्री रियाद आएका हुन्।
  
झन्डै तीन दशकपछि पहिलो पटक थाइल्याण्डका सरकार प्रमुखले साउदी अरबको औपचारिक भ्रमण गर्नुभएको जनाइएको छ।

प्रकाशित मिति: १५:३३ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्