सबै तहको निर्वाचन एकै चरणमा सम्भव हुन्न : गुरुङ
पोखरा, माघ १२ : एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सबै तहको निर्वाचन एकै चरणमा सम्भव नहुने बताएक छन्।आज (बुधबार) पोखरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै...
पोखरा, माघ १२ : एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सबै तहको निर्वाचन एकै चरणमा सम्भव नहुने बताएक छन्।
आज (बुधबार) पोखरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एकै तहको निर्वाचन पनि एकै चरणमा गर्न सम्भव नहुने अवस्थामा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सम्भव नहुने बताएका हुन्।
गुरुङले सत्तारुढ गठबन्धनले निर्वाचनको मिति तोक्न आलटाल गर्न नहुने बताए। पहिले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर प्रदेश र संघीय संसदको निर्वाचन गर्नु नै उपयुक्त हुने उनको भनाइ थियो।
राष्ट्रियसभा निर्वाचनकाे नतिजाले थाेरै केही संकेत भने गर्ने भए पनि ताजा जनादेशजस्तो भने नहुने गुरुङले बताए। मतदाता पूर्वनिर्धारित हुने भएकाले हारजित पहिले नै अनुमान गर्न सकिने हुँदा ताजा जनादेशजस्तो नहुने जिकिर उनले गरेका हुन्।
उनी पनि राष्ट्रियसभा निर्वाचनका मतदाता हुन्। गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय पोखरामा पुगेर उनले मतदान गरे।











