Kathmandu Press

यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

काठमाडौं, माघ १२ : गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज (बुधबार) सार्वजनिक गरिएको छ।मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार...
यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

काठमाडौं, माघ १२ : गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज (बुधबार) सार्वजनिक गरिएको छ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिइएको जानकारी दिए।

स्वास्थ्य बिमा बोर्डको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरिएको उनले बताए। त्यस्तै विभिन्न समयमा छपाइ भएका प्रकाशन नभएका र चलनचल्तीमा ल्याउन नसकिएका हुलाक टिकट र हुलfकका स्टेसनरीहरू प्रचलनमा नल्याउने कानुनबमोजिम नष्ट गरी मिनाहा गर्न स्वीकृत दिने निर्णय पनि भएको छ।

त्यसैगरी संगठन तथा व्यवस्थापन सर्वेक्षण पुनरवलोकनका लागि सैद्धान्तिक स्वीकृति दिने, भोजपुरस्थित नेपाली सेनाको श्री फस्ट राफइल गणको ब्यारेक पेरिमिटरको उत्तर र पूर्वतर्फ फैलिएको स्थानीय व्यक्तिहरूको स्वामित्वमा रहेको करिब २० रोपनी १५ आना २ दाम जग्गा प्राप्त गर्न स्वीकृति दिएको उनले बताए। 

कञ्चनपुर र कैलालीमा एकीकृत फोहोरमैला व्यवस्थापन प्लान्ट स्थापनार्थ कञ्चनपुरको शुक्लाफाट नगरपालिका र कैलालीको गोदावारी नगरपालिकाको वन क्षेत्र पर्ने जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि भएको छ।

लोकसेवा तथा बढुवा समितिको सिफारिसबमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित द्वितीय श्रेणीका अधिकारीहरूलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा, नियुक्ति तथा पदस्थापना गर्ने निर्णय पनि सरकारले गरेको छ। 

प्रकाशित मिति: १५:०९ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्