अब भन्सार महसुल अनलाइनबाटै तिर्न सकिने
काठमाडौं, माघ १२ : अब भन्सार महसुल अनलाइनबाटै तिर्न सकिने भएकाे छ।७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले भन्सार...
काठमाडौं, माघ १२ : अब भन्सार महसुल अनलाइनबाटै तिर्न सकिने भएकाे छ।
७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले भन्सार महसुलको विद्युतीय भुक्तानी (ई-पेमेन्ट) प्रणालीको आज (बुधबार) सुरुवात गरे।
ई-पेमेन्ट प्रणालीको सुरुवातसँगै घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा त्यसले राजस्व संकलनमा समेत सहजता प्रदान गर्ने विश्वास मन्त्री शर्माले व्यक्त गरे।
सो अवसरमा मन्त्री शर्माले व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगातयका लागि ई-पेमेन्ट प्रणालीले महत्वपूर्ण औजारको रूपमा काम गर्ने विश्वास व्यक्त गर।े। ‘यसले भन्सारमा काम गर्ने कर्मचारीहरूको काममा सुधार गर्न पनि मद्दत गर्नेछ।’
मन्त्री शर्माले भन्सारको निरन्तर सुधार अन्तर्गत भेकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको जानकारी पनि गराए।
प्रकाशित मिति: १४:५३ बजे, बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











