Kathmandu Press

भारतमा कोरोाना सङ्क्रमितको सङ्ख्या चार करोड नाघ्यो

भारतमा कोरोाना सङ्क्रमितको सङ्ख्या चार करोड नाघ्यो

नयाँ दिल्ली, माघ १२ : भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या चार करोड नाघेको बुधबार जनाइएको छ।

बुधबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएपछि कुल सङ्क्रमितको संख्या चार करोड ८५ हजार ११६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ। 

यसै अवधीमा कोरोना सङक्रमणबाट ६६५ जनाको मृत्यु भएपछि कोरोना शुरु भएदेखि हालसम्म यस सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ९१ हाजार १२७ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जनाएको छ।

भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या २२ लाख २३ हजार १८ रहेको छ।

प्रकाशित मिति: १४:४० बजे, बुधबार, माघ १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्