Kathmandu Press

सिरियामा पाँच सय बढी लडाकुद्वारा आत्मसमर्पण

दमासकस, माघ १२ : सिरियामा आतंककारी घोषणा गरिएको समूह इस्लामिक स्टेट (आइएस) का ५०० भन्दा बढी लडाकूहरुले आत्मसमर्पण गरेका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार...
सिरियामा पाँच सय बढी लडाकुद्वारा आत्मसमर्पण

दमासकस, माघ १२ : सिरियामा आतंककारी घोषणा गरिएको समूह इस्लामिक स्टेट (आइएस) का ५०० भन्दा बढी लडाकूहरुले आत्मसमर्पण गरेका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार उनीहरुले सिरियाली सुरक्षा फौज समक्ष आत्मसमर्पण गरेका हुन्। 

‘आत्मसमर्पण गर्ने विद्रोही लडाकूहरुको सङ्ख्या ५५० भन्दा धेरै रहेको छ,’ एक सरकारी अधिकारीले भने। आत्मसमर्पण गरेका सवै लडाकूहरु कारागारमा राखिएका थिए।

यही जनवरी २० मा लडाकूहरुले अल हासाकाहमा रहेको अल सिनाअ कारागारमा आक्रमण गरेका थिए। त्यही बेलामा धेरै लडाकूहरुलाई सरकारी फौजले समातेर कारागारमा राखेको थियो। 

लडाकूहरुले जेलमा आक्रमण गर्दा लडाकू र सरकारी सुरक्षाकर्मीहरुका बीचमा भिडन्त पनि भएको थियो। लडाकूहरुसँग भिड्नका लागि १० हजार सरकारी सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो।

लडाकू र सुरक्षाकर्मीहरुका बीचमा देशका विभिन्न ठाउमा अहिले पनि बेला बेलामा भिडन्त हुने गरेकाले हजारौ मानिस विस्थापित भएका छन्।

प्रकाशित मिति: १४:०६ बजे, बुधबार, माघ १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्