Kathmandu Press

तीनै तहकाे निर्वाचन एकै चरणमा गर्न सके राज्यलाई आर्थिक भार कम पर्छ : नेपाल

काठमाडौं, माघ १२ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनै तहको निर्वाचन संविधानमा गरिएको व्यवस्थाअनुरूप हुनुपर्नेमा जोड दिएका छन्। आज (बुधबार) पार्टी...
तीनै तहकाे निर्वाचन एकै चरणमा गर्न सके राज्यलाई आर्थिक भार कम पर्छ : नेपाल

काठमाडौं, माघ १२ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनै तहको निर्वाचन संविधान र अन्य कानुनमा गरिएको व्यवस्थाअनुरूप हुनुपर्नेमा जोड दिएका छन्। 

आज (बुधबार) पार्टी कार्यालय शान्तिनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संविधान र अन्य कानुनमा गरिएको व्यवस्थाअनुरू सम्पन्न हुनुपर्ने बताएका हुन्।

अध्यक्ष नेपालले एकै पटकमा तीनवटै तहको निर्वाचन गर्न सके राज्यलाई आर्थिक भार कम पर्ने बताए। ‘एकै चरणमा निर्वाचन गर्ने हो भने ५ देखि १० अर्बमा चुनाव सकिन्छ। उम्मेदवारको पनि खर्च कम हुन्छ। त्यसका निम्ति हामी छलफल चलाइरहेका छौं।’ उनका अनुसार एउटा चुनाव सम्पन्न गर्न झन्डै ५ अर्ब रुपैयाँ लाग्छ। यसअघि ५ चरणमा सम्पन्न चुनावमा झन्डै २५ अर्ब रुपैयाँ खर्च भएको नेता नेपालले जानकारी दिए।

उनले सत्तारुढ दलबीच एकैपटक तीनवटा तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने निष्कर्ष निस्किएकाले विज्ञसँग विस्तृत छलफल गरिरहेको जानकारी दिए।

अध्यक्ष नेपालले राष्ट्रिय सभाको निर्वाचनमा १९ सिट नै सत्तारुढ गठबन्धनले जित्ने दाबी पनि गरे। १९ सिटकै जितले आगामी दिनमा हुने चुनावमा पनि तरंग पैदा गर्ने दाबी उनले गरे। राष्ट्रिय सभाको निर्वाचन सातै प्रदेशमा जारी छ। 

प्रकाशित मिति: १३:४३ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्