Kathmandu Press

सर्लाहीको हरिवन नगरपालिकाका मेयर र उपमेयर चढेको गाडी तोडफोड

काठमाडौं, माघ १२ : सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न जनकपुर आउने प्रतिनिधिहरुलाई अवरोध गरेका छन्। बुधबार बिहानैदेखि जनकपुरका विभिन्न...
सर्लाहीको हरिवन नगरपालिकाका मेयर र उपमेयर चढेको गाडी तोडफोड

काठमाडौं, माघ १२ : सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न जनकपुर आउने प्रतिनिधिहरुलाई अवरोध गरेका छन्। 

बुधबार बिहानैदेखि जनकपुरका विभिन्न स्थानहरुमा राउतका कार्यकर्ताहरु लाठी बोकेर प्रदर्शनमा उत्रिएका छन्। यस क्रममा मतदान गर्न आएका सर्लाही हरिवन नगरपालिकाका मेयर दिनेश प्रसाईँ र उपमेयर रेनुका पौडेल चढेको गाडी राउतका कार्यकर्ताहरुले तोडफोड गरेका छन्। 

प्रदेश–२–०३००१ झ ००२० नम्बरको गाडीमा ढुंगा र लाठी प्रहार गरी तोडफोड गरिएको हो। राउतको कार्यकर्ताले ढुंगा र लाठी प्रहार गर्दा गाडीको अघिल्लो भागको सिसा र झ्यालको शिशा फुटेको छ।

त्यस्तै आक्रमणमा परी मेयर प्रसाईँ घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। घाइते मेयरलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको छ। 

त्यस्तै, मधेस प्रदेशका प्रदेश सांसद अशोक यादव सवार गाडीमा पनि जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन्। 

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न जाँदै गरेका यादवको गाडीमा जानकी मन्दिर अगाडि तोडफोड भएको हो। सांसद यादवको हातमा समेत चोट लागेको छ। 

प्रकाशित मिति: १२:५० बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्