Kathmandu Press

दक्षिण सुडानमा जातीय दंगा हुँदा ३२ जनाको मृत्यु

जुबा, माघ १२ : दक्षिण सुडानको जान्गेली राज्यमा भएको दुई जातिबीचको दंगामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ।मंगलबार उक्त राज्यको प्रहरीले सो...
दक्षिण सुडानमा जातीय दंगा हुँदा ३२ जनाको मृत्यु

जुबा, माघ १२ : दक्षिण सुडानको जान्गेली राज्यमा भएको दुई जातिबीचको दंगामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ।

मंगलबार उक्त राज्यको प्रहरीले सो जानकारी दिएको हो। सो राज्यको प्रहरीका अनुसार छिमेकी राज्य पिबोरबाट एक समूहका नागरिकले हमला गरेका थिए।

सो हमलामा परेर ३२ जनाको ज्यान गएको र अरु कैयौं घाइते भएका थिए। यी दुई राज्यमा यहाँका स्थानीय जातीय समुदायबीचमा समय समयमा हुने हिंसामा परी कैयौँ मानिसको ज्यान जाने गरेको छ।

प्रकाशित मिति: १२:३० बजे, बुधबार, माघ १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्