Kathmandu Press

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं, माघ १२ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर ९४ हजार ४०० पुगेको छ । पहेँलो धातु अघिल्लो...
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं, माघ १२ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर ९४ हजार ४०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला  ९४ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० कायम भएको छ । त्यसको मूल्य मङ्गलबार प्रतितोला ९३ हजार ५०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहि प्रतितोला रु एक हजार ३०० कायम भएको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४७ डलर आसपास कारोबार भइरहेको छ। 

प्रकाशित मिति: १२:१४ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्