Kathmandu Press

कम्बोडिया र मलेसियाका प्रधानमन्त्रीबीच फोनवार्ता

नोम्पेन्ह, माघ १२ :  कम्बोडिया र मलेसियाका प्रधानमन्त्रीबीच फोनवार्ता भएको छ । उहाँहरुबीच मंगलबार फोनमा कुराकानी भएको कम्बोडियाली विदेश मन्त्रालयले जनाएको छ । कम्बोडियाका...
कम्बोडिया र मलेसियाका प्रधानमन्त्रीबीच फोनवार्ता

नोम्पेन्ह, माघ १२ :  कम्बोडिया र मलेसियाका प्रधानमन्त्रीबीच फोनवार्ता भएको छ । उहाँहरुबीच मंगलबार फोनमा कुराकानी भएको कम्बोडियाली विदेश मन्त्रालयले जनाएको छ । 

कम्बोडियाका प्रधानमन्त्री सम्डेक टोको हुनसेन र मलेसियाली प्रधानमन्त्री इस्माइल साबिरी याकोबीचको सो फोनवार्तामा द्धिपक्षीय विविध विषयमा कुराकानी भएको थियो ।

Hardik ivf

कम्बोडिया एसोसिएसन अफ साउथ इस्ट एसियन नेसन, आसियनको सन् २०२२ का लागि अध्यक्ष राष्ट्र पनि हो । त्यस फोनवार्ताका क्रममा आसियनका पनि विभिन्न विषयहरुमा छलफल भएको पनि कम्बोडियाको विदेश मन्त्रालयले मंगलबार प्रकाशन गरेको प्रेस वक्तव्यमा जानकारी दिएको छ।

त्यस फोनवार्ताका क्रममा कम्बोडियाली प्रधानमन्त्री हुनसेनले हाल कम्बोडियामा काम गरिरहेका मलेसियाली नागरिकहरुलाई कोभिडका विरुद्धको खोपदेखि अरु पनि सहयोग गर्ने बाचा गर्नुभएको बताइएको छ ।उनीहरुबीच कोभिड महामारीका विरुद्धमा एक भएर लड्ने र एक आपसमा सहयोग उपलब्ध गराउने विषयमा पनि समझ्दारी भएको पनि उक्त वक्तव्यमा बताइएको छ।   

प्रकाशित मिति: १२:१२ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्