Kathmandu Press

 पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : हल्का वर्षाको सम्भावना

 पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : हल्का वर्षाको सम्भावना

काठमाडौं, माघ १२ : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। 

उक्त मौसमी प्रणालीको प्रभावले हाल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक– दुई स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको अधिकतम् तापक्रम ६ र अधिकतम तापक्रम १६ डिग्री सेल्सियस रहेकोे छ। 

प्रकाशित मिति: ११:५१ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्