लुम्बिनी प्रदेश सांसद तुलसी चौधरी चढेको गाडी ट्रकसँग ठोक्कियो
काठमाडौं, माघ १२ : लुम्बिनी प्रदेशसभाकी सदस्य तुलसी चौधरी चढेको गाडी ट्रकसँग ठोक्किएको छ। राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न दाङको घोराही आउने क्रममा सांसद...
काठमाडौं, माघ १२ : लुम्बिनी प्रदेशसभाकी सदस्य तुलसी चौधरी चढेको गाडी ट्रकसँग ठोक्किएको छ।
राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न दाङको घोराही आउने क्रममा सांसद चौधरी चढेको बा २ झ ३४४४ नम्बरको स्कारपिओ गाडी गढवा गाउँपालिकाको कालाकाटे नजिक ट्रकसँग ठोक्किएको हो।
दुर्घटनामा सांसद चौधरी सामान्य घाइते भएको बताइएको छ। उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन्।
प्रकाशित मिति: ११:२१ बजे, बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











