Kathmandu Press

जनकपुरमा मतदानस्थलनजिक सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप 

काठमाडौं, माघ १२ : धनुषाको जनकपुरधाममा प्रहरी र सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ। राउतका कार्यकर्ता राष्ट्रिय सभा निर्वाचनको मतदानस्थलमा प्रवेश गर्न...
जनकपुरमा मतदानस्थलनजिक सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप 

काठमाडौं, माघ १२ : धनुषाको जनकपुरधाममा प्रहरी र सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ। 

राउतका कार्यकर्ता राष्ट्रिय सभा निर्वाचनको मतदानस्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेको हो। 

राउतका कार्यकर्ताहरुले बुधबार बिहानैदेखि जकपुरका विभिन्न स्थानहरुमा प्रदर्शन गरिरहेका छन्। उनीहरुले ‘पहिले खान देउ, अनि मात्र भोट खसाउ’ भन्ने नारासहित विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए। 

मतदानस्थलमा जबरजस्ती प्रवेश गर्न खोजेपछि भीडलाई नियन्त्रण गर्न प्रहरीले ५ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ। अश्रुग्याँस प्रहारपछि राउतका कार्यकर्ता तितरबितर भएको र थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ। 
 

प्रकाशित मिति: १०:५९ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्