झापामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
झापा, माघ १२ : जंगली हात्तीको आक्रमणबाट दमक नगरपालिका ३ गोलाटारका ६३ वर्षीय गणेशप्रसाद अधिकारीको मृत्यु भएको छ।गएराति ८ बजे घर नजिकैको मकै...
झापा, माघ १२ : जंगली हात्तीको आक्रमणबाट दमक नगरपालिका ३ गोलाटारका ६३ वर्षीय गणेशप्रसाद अधिकारीको मृत्यु भएको छ।
गएराति ८ बजे घर नजिकैको मकै बारीमा पानी लगाउन गएका वेला गणेशलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।
आक्रमण गर्ने हात्ती हुम्सेदुम्से सामुदायिक वनबाट निस्किएको प्रहरीले बताएको छ। यो क्षेत्रमा दिनहुँ जसो गाउँमा हात्ती निस्किने गरेको स्थानीयबासी बताउँछन्।
प्रकाशित मिति: ०८:०० बजे, बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











